काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर सांकेतिक विरोध गरेका छन् । विहिबार अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध गरेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव...










