Category

राष्ट्रिय समाचार

र

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ७७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ तथा मधेश र सुदूरपश्चिममा प्रदेशमा २, कोशी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ७७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने कोशीमा...

ज्येष्ठ नागरिकको अनुभव समेट्न ‘अनुभव बैंक’ बनाइदै

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनअनुभव संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका अनुसार डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकका अनुभव र सीप अभिलेखीकरण गरिनेछ। यसमार्फत विद्यार्थी, युवा तथा नयाँ पुस्तालाई ज्येष्ठ नागरिकको...

इटहरीमा आजदेखि सरकारको आयोजनामा ‘सीप तथा रोजगार मेला’

इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा सांस्कृतिक...

महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियो

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ । बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो । महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो । नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै...

पाँच दिनपछि बीपी राजमार्गमा साना सवारीसाधन सञ्चालन

काभ्रे । पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि आंशिक रूपमा खुलेको छ ।

चौकीडाँडामा खोलाबाट तत्काल डाइभर्सन बनाउन सम्भव नभएपछि निर्माणाधीन स्थायी ट्र्याकको केही भाग खनेर यातायात सञ्चालन गरिएको हो ।

प्रहरीका अनुसार अहिले उक्त मार्गमा साना निजी तथा यात्रुवाहक गाडी चल्न थालेका छन् भने भोलिदेखि बस र ट्रकसमेत आवतजावत गर्न सक्ने गरी काम भइरहेको जनाइएको छ ।

Post Views: 100 78

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडिका सवारीसाधन समयमै रोक्न नसक्दा श्रृंखलाबद्ध दुर्घटना भएको हो । तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडिको ट्रकमा समेत क्षति पुगेको बताइएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाले...

कपिलवस्तुमा यात्रु बसमा ढुङ्गा खसेर घाईते चारको उद्धार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गएराती यात्रुबाहक बसमा सडक माथिबाट ढुङ्गा खसेर घाइते ४ जनाको उद्धार गरिएको छ । चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमा अचानक सडक माथिबाट ढुङ्गा खस्दा बसमा सवार ३० जना मध्ये ४ जना सिटले च्यापिएर घाईते भएका थिए । घटना पछि सशस्त्र प्रहरी बल, नेपालको नम्बर २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक...

छहरामा ठूलो ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको छ । सोमबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित छहरामा फेरि ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । ढुंगासहितको पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ । सडकमा खसेको पहिरो पन्छाउने तथा यातायात सञ्चालन गराउने काम भइरहेको नागढुंगा-नौबिसे-मुग्लिन सडक योजनाले जानकारी दिएको छ । पहिरो पन्छाएर सडक...

ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको भीषण आगलागीबाट ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । विहिबार दिउँसो स्थानीय डङ्डु शेर्पाको दुईतले घरमा रहेको कपडा पसल र होटलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको छ । आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमान्डमा टोली...

भारी वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने

दाङ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङका विभिन्न पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने भएको हो । बन्द...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।