Category

राष्ट्रिय समाचार

डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरधामका रजौलवासी आन्दोलित

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् । गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ। आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत...

हुम्लामा गाउँपालिकाको कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । यहि भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत...

अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँमा अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २२ गते साँझ काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाएर बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गरेको थियो। जाँचका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई भुरुङखेल बस्दै आएका...

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ५३ सय नाघ्यो

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली  र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना...

भोटेकोशी बाढी अपडेट: अहिलेसम्म भेटियो १३४१ जनाको शव

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३४१ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३४१ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ । अहिलेसम्म ९९ शव सनाखत भएर...

चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी

काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।  उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा...

जाजरकोटका १८८ भूकम्प प्रभावितलाई पहिलो किस्ता पठाइयो

काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ । आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित...

माछा उत्पादन कार्यक्रममा ८ लाख अनियमितता, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सिरहाको औरही गाउँपालिकामा माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमअन्तर्गत ८ लाख २ हजार ८७८ रुपैयाँ अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा औरही गाउँपालिकाले प्रगतिशील कृषक समूह, औरही–४ सँग १५ लाख रुपैयाँमा सम्झौता गरी सञ्चालन गरेको कार्यक्रमको अनुसन्धान गर्दा सम्झौताअनुसार काम...

बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई राहत र रोजगारीको व्यवस्था

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी नियमावलीअनुसार उपलब्ध हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले बाढीमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।