धादिङ । पृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको छ । सोमबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित छहरामा फेरि ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो ।
ढुंगासहितको पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ । सडकमा खसेको पहिरो पन्छाउने तथा यातायात सञ्चालन गराउने काम भइरहेको नागढुंगा-नौबिसे-मुग्लिन सडक योजनाले जानकारी दिएको छ ।
पहिरो पन्छाएर सडक खुलाउन केहि घण्टा लाग्ने बताइएको छ ।

