सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो- सांसद ध्रुवराज राई

स

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले केटाकेटी खेलेको जस्तो काम गरिएको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ बारे केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखिएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिवधि भइरहेको छ कि । घरी भरत दाहाल पक्रियो छाडियो । घरी चोलेन्द्रशमशेर पक्रियो छोडियो । विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्तिको जवाफ आफुहरुले संसदमा कुरेर बसेको बताउदै भने- ‘लामो समयदेखि प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा प्रश्न बोकेर बसेका छौँ ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।