चोलेन्द्र पक्राउबारे रन्जु दर्शनाको टिप्पणी- पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ !

च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे कानुनी प्रक्रिया र प्रमाणको विषय उठाएकी छन् ।

दर्शनाले कसुर देखिए कानुनअनुसार पक्राउ गर्न सकिने भए पनि पक्राउको प्रक्रिया विधिसम्मत हुनुपर्ने बताएकी छन् । आरोप मात्र पर्याप्त नहुने भन्दै उनले कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक रहेको उल्लेख गरेकी छन् ।

उनले अधिकार प्रयोग गर्दा कानुन, विधि र प्रमाणलाई आधार बनाउनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ । कानुनको शासन भनेकै यही हो। अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन ।’

पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षित स्थानमा केही समय स्थानान्तरण गर्न गरिएको पक्राउको सन्दर्भमा उनले उनको सुरक्षाका लागि सतर्कता बढाउनुपर्ने धारणा राखेकी छन् ।

दर्शनाले कुनै पनि पुस्ता वा समूहबाट जबरालाई सुरक्षा चुनौती आउन नदिन आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।