सञ्जय मिश्रा रौतहट, २३ भदौ रौतहटको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्मशानघाटमा एक स्थानीय परिवारले पिताको स्मृतिमा निजी लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। फतुवा विजयपुर नगरपालिका–८ निवासी स्वर्गीय कर्णबहादुर क्षेत्रीको स्मृतिमा उहाँका ज्येष्ठ सुपुत्र सुरेशकुमार लामिछानेले आफ्नै निजी लगानीमा लाखौँ रुपैयाँ खर्चेर शवदाह गृह, व्यवस्थित चिता, घामपानीबाट ओत लाग्ने...










