कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’

क

न्युज कारखाना

काठमाडौं, १३ असाेज । १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘श्रीराम’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन डिआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई समेटिएको छ । सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको भजनको भिडियो खेमनाथ खनालले निर्देशन गर्नुभएको हो । भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल तथा पारिवारिक सदस्यहरूको अभिनय छ ।

डा. उपाध्यायको गत साता मात्र ‘श्रीकृष्ण’ भजन सार्वजनिक भएको थियो । गीत-संगीतमा निरन्तर सक्रिय उहाँका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । उहाँका गीतमा प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनालगायत विविध विषय समेटिएका छन् ।

सिर्जनात्मक प्रयोगमार्फत विभिन्न विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँका १७ बढी उपान्यास, कवितासंग्रह र अन्त कृति पनि पाठकमाझ आएका छन् ।

पछिल्लो समय आध्यात्मिक तथा भक्तिमूलक सिर्जनातर्फ समेत सक्रिय डा. उपाध्यायले ‘श्रीराम’लाई आफ्नो सिर्जनात्मक यात्राको पछिल्लो कडीका रूपमा प्रस्तुत गर्नुभएको छ ।https://www.youtube.com/watch?v=4ECUqNt84dM&time_continue=0&source_ve_path=NzY3NTg&embeds_referring_euri=https%3A%2F%2Fmail.google.com%2F&embeds_referring_origin=https%3A%2F%2Fmail.google.com

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।