Category

अन्तर्राष्ट्रिय

अ

फ्लाईदुबईको विमानका दुवै पाइलटलाई अनुसन्धानका लागि अबुधाबी लगियो

काठमाडौँ । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका क्याप्टेन र सहचालकलाई साउदी अरबमा आपत्कालीन अवतरणपछि अबुधाबी लगिएको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले प्रारम्भिक अनुसन्धान गरिरहेका बेला दुवै पाइलटको स्वास्थ्यमा सुधार भएपछि उनीहरूलाई अबुधाबी लगिएको हो । फ्लाईदुबईको उडान एफजेड १०७३ मा १७४ यात्रु र ८ जना चालक दलका सदस्य थिए । सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ उडेको...

१७४ यात्रुको ज्यान जोगाउने भारतीय पाइलटको प्रशंसा, मोदीले दिए ‘नायक’ को संज्ञा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयौँ यात्रुको ज्यान जोगाउने भारतीय विमान चालक स्मित मच्छारको प्रशंसा गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत मच्छारलाई ‘नायक’ भन्दै अत्यन्त जोखिमपूर्ण अवस्थामा गम्भीर घाइते हुँदासमेत अरूको ज्यान बचाउन उनले देखाएको साहसको प्रशंसा गरेका हुन् । मोदीले मच्छारको बहादुरीकै कारण सयौँ मानिसको ज्यान जोगिएको र ठूलो दुर्घटना हुनबाट रोकिएको बताएका छन् ।...

इरानमा एक डलरको मूल्य २५ लाख रियाल !

काठमाडौँ । इरानको मुद्रा रियाल हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलर खरिद गर्न २५ लाख रियालसम्म तिर्नुपर्ने अवस्था आएको छ । युद्ध सुरु हुनुअघि गत फेब्रुअरी २७ मा एक डलरबराबर करिब १७ लाख रियाल पाइन्थ्यो । त्यसयता सात महिनामै रियालको मूल्य करिब ५० प्रतिशतले घटेको छ । इरानको केन्द्रीय बैंकले तोकेको आधिकारिक विनिमय दर भने एक डलरबराबर करिब १६ लाख ५० हजार रियाल छ । तर सर्वसाधारणले डलर खरिद...

ग्याङस्टर गोल्डी ब्रार एफबीआईको ‘टप १० मोस्ट वान्टेड’ सूचीमा

वासिङ्टन, १४ असाेज । एक महत्त्वपूर्ण घटनाक्रममा, अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले मङ्गलबार ‘गोल्डी ब्रार’का नामले परिचित फरार ग्याङस्टर सतिन्दरजित सिंहलाई आफ्नो ‘सबैभन्दा बढी खोजी गरिएका १० फरार अपराधी’ को सूचीमा समावेश गरेको छ। साथै, उनको गिरफ्तारीमा मद्दत पुग्ने सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणासमेत गरिएको छ। एफबीआईद्वारा जारी...

माताजीको १००औँ जन्मजयन्तीमा भारतसहित ५० भन्दा बढी देशमा कार्यक्रम हुने

न्यूज कारखाना  रौतहट १२ असोज। भारत उत्तराखण्ड हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारकी संस्थापिका वन्दनीया माता भगवती देवी शर्माको १००औँ जन्मजयन्तीको अवसरमा गायत्री तीर्थ शान्तिकुञ्जमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। जन्मशताब्दी वर्षको महत्वपूर्ण कडीका रूपमा आगामी २९ सेप्टेम्बरदेखि दुईदिने विशेष कार्यक्रम सञ्चालन गरिने शान्तिकुञ्जले जनाएको छ। कार्यक्रममा सामूहिक साधना, संगीत सन्ध्या तथा...

मध्य पूर्व तैनाथीका क्रममा ८ अमेरिकी सेनाद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ८ असाेज । मध्य पूर्वमा लामो समय तैनाथीमा रहेको अमेरिकी नौसेनाको विमान वाहक जहाज ‘यूएसएस अब्राहम लिङ्कन’ क्यारियर स्ट्राइक समूहमा खटिएका कम्तीमा आठ जना नाविकले आत्महत्याको प्रयास गरेको अमेरिकी नौसेनाले पुष्टि गरेको छ। अमेरिकी डेमोक्र्याट सांसदहरूले जहाजमा रहेका नाविकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यबारे उठाएका प्रश्नको जवाफ दिँदै कार्यवाहक नौसेना सचिव हङ काओले उक्त...

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

रौतहट, ८ असोज । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको यमुना एक्सप्रेसवेमा स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ। घटनापछि जीवित यात्रु तथा प्रत्यक्षदर्शीले सुनाएका अनुभवले दुर्घटनाको भयावह अवस्था देखाएको छ। दिल्लीको कश्मीरी गेटबाट महोबा जाँदै गरेको राज कल्पना ट्राभल्सको बसमा बुधबार राति करिब ११:३० बजे आगलागी भएको हो। यमुना एक्सप्रेसवेअन्तर्गत जीरो पोइन्टबाट करिब ३२ किलोमिटर अगाडि...

अमेरिका-इरान तनाव बढ्यो, मध्यपूर्वमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ । मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण एक दिनअघि नै अन्त्य गरेर शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन् । उनको भ्रमण छोट्याउनुको कारण ह्वाइट हाउसले स्पष्ट गरेको छैन । रुस टुडेको...

रियादमाथि हुथीको क्षेप्यास्त्र प्रहार, साउदीले रोक्यो

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको क्षेप्यास्त्र साउदी वायुसेनाले आकाशमै नष्ट गरेको जनाएको छ । क्षेप्यास्त्र प्रहारको केही समयअघि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको थियो । अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका छन् । हुथीले रियादसहित साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको...

तिब्बत पहिरो: ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता

बेइजिङ, ४ भदाैं । चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्। व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।