काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च बारले यसबारेमा सत्यता सार्वजनिक हुनुपर्ने माग गरेका हुन् । ...










