सुन ३८ सय र चाँदी तोलाको ११५ रुपैयाँले घट्यो

स

न्युज कारखाना

काठमाडौं, १३ असोज । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको भाउ तोलामा ३८ सय रुपैयाँले घटेको हो ।

सोमबार सुन तोलामा दुई लाख ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार तोलामा चार हजार पाँच सय १० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेको भन्दा निकै कम नेपाली बजारमा सुनको मूल्य तोकिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।