काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ हजारले घटेर तोलाको २ लाख ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले घटेर ४५१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६५५ मा कारोबार भएको थियो ।

