Category

प्रबिधि

प

डिजिटल काम गर्न ओपनएआईले ल्यायो डट्स एआई एजेन्ट

काठमाडौं । सस्तो हवाई टिकट खोज्ने वा आफूलाई मनपर्ने होटलमा कोठा बुक गर्ने काम अब कृत्रिम बुद्धिमत्ता आफैँले गर्न सक्ने भएको छ । च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईले ‘डट्स’ नामको नयाँ कृत्रिम बुद्धिमत्ता प्रणाली सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार विभिन्न डिजिटल काम आफैँ पूरा गर्न सक्ने जनाएको छ । सामान्य संवादात्मक प्रणालीले जस्तै प्रश्नको जवाफ दिने मात्र नभई डट्सले...

कृत्रिम बौद्धिकताको सुरक्षा सुनिश्चित गर्न ट्रम्प र प्रमुख प्रविधि कम्पनीहरुबीच सहमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अत्याधुनिक कम्प्युटिङ तथा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । भविष्यमा यी व्यवस्थालाई कानुनी रूप दिन सकिने...

नेपाली प्रविधि कम्पनी ‘सोसयर’ लाई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणीकरण

काठमाडौं, ८ असाेज । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ‘आईएसओ/आईईसी २७००१:२०२२’ प्रमाणीकरण प्राप्त गरेको छ। ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई-कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली...

अनियन्त्रित एआई बारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल

काठमाडौँ । तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकताबाट उत्पन्न सम्भावित जोखिमबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भएको छ । कृत्रिम बौद्धिकता क्षेत्रका प्रमुख कम्पनीका अधिकारीहरूले सुरक्षा परिषद्लाई यस प्रविधिबाट हुने सम्भावित लाभसँगै गम्भीर जोखिमबारे जानकारी गराएका छन् । सुरक्षा परिषद्को बैठकमा ओपनएआई, एन्थ्रोपिक र हगिङ फेसलगायत प्रमुख प्रविधि कम्पनीका प्रतिनिधिले कृत्रिम...

जैविक हतियार विकासमा प्रयोग हुन सक्ने एआई दुरुपयोग रोकेको एन्थ्रोपिकको दाबी

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ । कम्पनीको पछिल्लो सुरक्षा प्रतिवेदनअनुसार गत आठ महिनामा एआईको प्रयोग गरी साइबर जासुसी, निगरानी, ठगी, प्रचार अभियान तथा हतियार विकासका प्रयास भएका थिए । एन्थ्रोपिकले जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने गरी एआई प्रयोग गरिएका पाँच घटना र...

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

काठमाडौं, २६ भदौ । सूर्यको सबैभन्दा नजिकको ग्रह ‘बुध’ मा देखिने विशेष प्रकारका खुम्चिएका धर्साहरूले यो ग्रह कुनै समय ठूलो आकारको रहेको र पछि खुम्चिएर सानो भएको सङ्केत गरेकाे छ । वैज्ञानिकहरूले अनुमान गरेभन्दा यो ग्रह अझ बढी खुम्चिरहेको हुनसक्ने नयाँ अध्ययनले देखाएको छ। नासाका अनुसार सौर्यमण्डलको सबैभन्दा सानो यो ग्रह सूर्यबाट औसतमा ३ करोड ६० लाख माइल अर्थात ५ करोड ८० लाख...

एआईले सबै मानिसको अस्तित्व समाप्त पार्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी छ- अनुसन्धानकर्ता

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)  तीव्र गतिमा विकास भइरहेकाले आगामी एक दशकभित्र यसले सबै मानिसको अस्तित्व समाप्त पार्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको एक प्रमुख सुरक्षा अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकका सुरक्षा अनुसन्धानकर्ता इभान ह्युबिङ्गरले हाल अस्तित्वमा रहेका कृत्रिम बुद्धिमत्ता प्रणालीबाट जोखिम कम भए पनि प्रविधिले चाँडै आफैँलाई...

चीनले बनायो धुलोको कणभन्दा सानो चिप्स, पनडुब्बी सहजै पत्ता लगाउन सक्ने

बेइजिङ, १ भदौं । चिनियाँ वैज्ञानिकहरूले स्मार्टवाचका लागि यस्तो सेन्सर विकास गरेका छन्, जसले समुद्रमा ५०० मिटरको गहिराइमा रहेको पनडुब्बी पत्ता लगाउन सक्छ। यसलाई चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गतको ‘हेफेई इन्स्टिच्युट्स अफ फिजिकल साइन्स र निङबो इन्स्टिच्युट अफ मटेरियल्स टेक्नोलोजी एन्ड इन्जिनियरिङ’को टोलीले विकास गरेको हो। ‘हल इफेक्ट म्याग्नेटिक सेन्सर’ नाम दिइएको यो सेन्सर धुलोको कणभन्दा पनि...

उडेको ८५ सेकेन्डमै चिनियाँ रकेट विस्फोट, उपग्रह पनि नष्ट

काठमाडौँ । चीनको लङ मार्च ७ए रकेट प्रक्षेपण भएको करिब ८५ सेकेन्डमै विस्फोट हुँदा त्यससँगै पठाइएको उपग्रह पनि नष्ट भएको छ । चीनको हाइनानस्थित वेनछाङ प्रक्षेपण केन्द्रबाट उडेको रकेटमा उडानको सुरुआती चरणमै समस्या देखिएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । लङ मार्च ७ए को यो पहिलो असफल प्रक्षेपण हो । लङ मार्च ७ए मध्यमदेखि भारी तौलका उपग्रह...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

रौतहट २६ साउन। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्। सोमवार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्सा क्षेत्रबाट उनलाई १०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।