नेपालको क्वाटरफाइनलको खेल हुदा कस्तो हुन्छ निसिन सहरको मौसम ?

न

काठमाडौँ । जापानमा जारी एशियाली खेलकुदतर्फ पुरुष क्रिकेटका क्वाटरफाइनलका दुई खेल बर्षाले हुन नसकेपछि नेपालको खेल पनि बर्षाले प्रभावित हुन सक्ने देखिएको छ । 

जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा मंगलबार हुने श्रीलंकाविरुद्धको क्वाटरफाइनलको खेल हुन नसकेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ भने श्रीलंका सेमिफाइनलमा पुग्ने छ ।  

सेप्टेम्बर २९ मा मौसम पूर्वानुमान अनुसार बदली भई केही समय वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमानअनुसार दिनभर बादल लाग्ने र बीचबीचमा वर्षा हुने सम्भावना छ । 

सोमबार लगातार वर्षाका कारण मैदान प्रभावित भएकाले मंगलबारको खेलमा पनि मौसम मुख्य चुनौती बन्न सक्ने देखिएको छ । स्थानीय पूर्वानुमानअनुसार सेप्टेम्बर २९ मा तापक्रम करिब १७ देखि २२ डिग्री सेल्सियस रहनेछ। वर्षाको सम्भावना भने ४२ देखि ६० प्रतिशतसम्म रहेको पूर्वानुमान छ ।

सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।