Home

H

कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटक विभागको आग्रह

काठमाडौँ । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार कात्तिक १० गते कुरियरमार्फत अमेरिकाबाट ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो । कागजातको आवरणमा गाँजा ल्याइएको घटनामा संलग्न...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्‍नति हुनु भएका सहायक रथी पूर्ण बहादुर खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्‍नति भएका तीन जना प्रमुख सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द...

मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा पैदलयात्रु महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन् । बुधबार बिहान वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी थारूलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिहान १०: १० बजे मृत्यु...

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा दायर गरेको फिराद पत्रमा सभामुख घर्ती...

विदेशी स्टारहरुलाई ओझेलमा पार्दै एनपीएलमा नेपाली बलरको सनसनीपूर्ण सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली युवा बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुवात गरेका छन् । सुरुवाती खेलहरूमा नेपाली बलरले विदेशी खेलाडी सम्मिलित टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्दै उत्कृष्ट बलिङ गरेका छन् । जनकपुर बोल्ट्सका राहुल यादव, कर्णाली याक्सका उनिश विक्रम ठकुरी, चितवन राइनोजका कमल सिंह ऐरी तथा लुम्बिनी लायन्सका किशोर महतो र...

शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन

काठमाडौँ । नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभागको प्रतिवेदनअनुसार आरोहण अनुमति लिनेमा १ हजार ६९ जना पुरुष र ३४१ जना महिला रहेका छन् । कुल १६१ आरोहण समूहले ४४ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । प्रतिवेदनअनुसार सबैभन्दा धेरै आरोही...

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मुस्ताङ । सम्भावित वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । प्रशासनका अनुसार उक्त अवधिमा गण्डकी प्रदेशका धेरै...

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ ।  जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित...

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

काठमाडौँ । चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण रेल र हवाई यातायात प्रभावित भएको छ । भारतमा ५० वटा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।