Category

स्वास्थ्य

स

भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ । भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो। अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले...

कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

धनगढी । जापानिज इन्सेफलाइटिस संक्रमण र मृत्यु बढेपछि कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा र घोडाघोडी नगरपालिकामा आजदेखि विशेष खोप अभियान सुरु भएको छ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्ध खोप दिइँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा देशभर १२१ जनामा संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।...

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदाको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन मस्यौदामा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। हाल आमाले पाउने ९८ दिनको...

२ सय वर्षपछि परिवारमा छोरीको जन्म, बाजागाजा र रथयात्रासहित भव्य स्वागत

मुम्बई, २६ भदौ। भारतको महाराष्ट्रको बीड जिल्लाबाट एउटा हृदयस्पर्शी र अनौठो कथा प्रकाशमा आएको छ। पार्लीका दहिफले परिवारमा एउटी छोरीको जन्म भएको छ, यो घटनाले पाँच पुस्ता र करिब २०० वर्ष लामो प्रतीक्षाको अन्त्य गरेको छ। दुई शताब्दीको अन्तरालपछि छोरीको आगमनले अत्यन्त हर्षित बनेको परिवारले उनलाई राजकुमारीझैँ स्वागत गर्दै यो खुसीयाली मनायो। अस्पतालबाट डिस्चार्ज भएपछि, नवजात शिशु र उनकी आमालाई फूलहरूले...

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । मन्त्री मेहताले यो घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाएको जानकारी दिएकी छन् । ‘हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार,सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छ। त्यसैले यस घटनालाई...

सडकमा बच्चा जन्माएको घटनाको छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयको तर्फबाट...

१२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का बेला ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको छ । विगतका विपद्, पछिल्लो भोटेकोशी बाढी तथा शव व्यवस्थापनमा देखिएका कठिनाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यसबाट शवको सुरक्षित...

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान...

सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो । उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि...

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।