Category

स्वास्थ्य

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप...

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

काठमाडौँ । नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको छ । टिमोर–लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय...

बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । भदौ २० गते सञ्चालन गरिएको शिविरबाट दुई सय जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिनेमा एक सय एक जना ज्येष्ठ नागरिक थिए। तीमध्ये ४८ जना महिला र ५३ जना पुरुष रहेका थिए । बाढीका कारण सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका...

भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ । स्वास्थ्य मन्त्रालयले बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्सलगायतका संघसंस्थासँग पनि उपचार तथा उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १००...

सम्भावित विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य आपतकालीन केन्द्र सक्रिय

काठमाडौँ । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ। मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ ।...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच पदमा नियुक्ति

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष,रजिस्ट्रार,दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा...

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

काठमाडौं, १० भदौं । विश्वका हालका ५ सबैभन्दा बढी तौल भएका राजनीतिक नेताहरूको चर्चा परिचर्चा भइरहेको छ। वाशिंगटन पोस्ट र अन्य प्रमुख सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मे महिनामा ट्रम्पको तौल २३८ पाउन्ड अर्थात करिब १०७.९ किलोग्राम कायम गरिएको थियो। जर्जियामा निर्वाचनसम्बन्धी एउटा मुद्दाका क्रममा अगस्ट २०२३ मा उनको आधिकारिक तौल २१५ पाउन्ड अर्थात करिब ९७.५ किलोग्राम रहेको तथ्याङ्कसँग तुलना गर्दा तीन...

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय...

घरभित्रका विमतिमा अदालतको ढोका कुर्नु हुन्न, सानेपा आउनुहोस्ः कांग्रेस महामन्त्री

काठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले असन्तुष्ट निबर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई पार्टी केन्द्रिय कार्यालय, सानेपामा आउन आग्रह गरेका छन्। निबर्तमान सभापति देउवा र पुर्व कार्यबहाक सभापति पुर्णबहादुर खडकाले गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेसन तालिकाबिरूद्द सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चर्चा चलिरहेको बेला महामन्त्री पौडेलले संबाद र सहमतिमा आउनका लागि अपिल...

बागमतीको मुख्यमन्त्रीमा दाबि पुग्दैन- राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन् । उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन् । श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।