Home

H

डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरधामका रजौलवासी आन्दोलित

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् । गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ। आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत...

च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बायर्न प्रमुख दाबेदार

काठमाडौँ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको २०२६/२७ सिजन आजदेखि सुरु हुदैछ । आगामी वर्ष जुन ५ मा स्पेनको म्याड्रिडमा हुने फाइनलबाट यस सिजनको विजेताको टुंगो लाग्नेछ । गत सिजनको विजेता पिएसजी लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने पिएसजीलाई रोक्न इङ्ल्यान्डका पाँच टोली मैदानमा उत्रिएका छन् । गत सिजन उपविजेता बनेको आर्सनललाई यसपटक उपाधिको प्रमुख दाबेदारका...

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो । हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण...

फ्रान्समा रेनोआर संग्रहालयबाट चार कलाकृति चोरी

काठमाडौँ । फ्रान्सका प्रसिद्ध चित्रकार पियरे अगस्ट रेनोआरलाई समर्पित संग्रहालयबाट चारवटा कलाकृति चोरी भएका छन् । चोरीमा संलग्न दुई जनामध्ये एक जनाले भाग्ने क्रममा एउटा कलाकृति बाटोमै छाडेका थिए । दक्षिण फ्रान्सको काग्नेस सुर मेरस्थित रेनोआर संग्रहालयमा बिहान दुई जना व्यक्ति प्रवेश गरी चारवटा कलाकृति चोरी गरेको नगरप्रमुख ब्रायन मासोनले बताएका थिए । उनका अनुसार चोरी भएका कलाकृतिको अनुमानित मूल्य...

हुम्लामा गाउँपालिकाको कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । यहि भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत...

अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँमा अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २२ गते साँझ काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाएर बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गरेको थियो। जाँचका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई भुरुङखेल बस्दै आएका...

पिताको स्मृतिमा लाखौँ खर्चेर छोराले बनाए प्रतीक्षालय, प्रवेशद्वार र शवदाह गृह

​सञ्जय मिश्रा रौतहट, २३ भदौ ​रौतहटको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्मशानघाटमा एक स्थानीय परिवारले पिताको स्मृतिमा निजी लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ​फतुवा विजयपुर नगरपालिका–८ निवासी स्वर्गीय कर्णबहादुर क्षेत्रीको स्मृतिमा उहाँका ज्येष्ठ सुपुत्र सुरेशकुमार लामिछानेले आफ्नै निजी लगानीमा लाखौँ रुपैयाँ खर्चेर शवदाह गृह, व्यवस्थित चिता, घामपानीबाट ओत लाग्ने...

रवि लामिछानेको अपिल- जेन्जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकार व्यक्त गरेको बताएका छन् । आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका...

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ५३ सय नाघ्यो

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२...

जनमत पार्टीद्वारा दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

सुभाष कायस्थ जनकपुरधाम, २३ भदौ। जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया भदौ अन्तिम साताबाट सुरु भई असोज ११ गतेसम्म सञ्चालन हुनेछ। मनोनयनपत्र दर्तादेखि मतगणना तथा परिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरिएको हो। कार्यतालिकाअनुसार भदौ २१ गते सोमबार सम्पूर्ण वडा, पालिका तथा जिल्ला...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।