कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन् ।
बुधबार बिहान वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी थारूलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिहान १०: १० बजे मृत्यु भएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल चालक घिमिरेलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

