काठमाडौँ । उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी पूर्ण बहादुर खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवम् अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो ।

