काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १९३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा २३ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा ६...










