काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ।
समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन् ।

