२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १९३ जना घाइते

२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश  र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । 

त्यस्तै देशभर भएका दुर्घटनामा १९३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा २३ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा ३३ जना घाइते भएका छन् भने लुम्बिनीमा २२ जना, कर्णालीमा ५३ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।