परराष्ट्रमन्त्री खनालले दिए राष्ट्रसंघको महासभामा नेपालको सहभागिता बारे संसदमा जानकारी

प

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे संसदलाई जानकारी गराएका छन्।

शुक्रबार, प्रतिनिधि सभाको बैठकमा मन्त्री खनालले महासभामा आफुले मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल गरेको जानकारी दिदै  

महासभाको ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उल्लेख गरेका थिए ।

उनले प्रधानमन्त्रीको शाहको संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दावी गर्दै प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मुलभूत पक्षहरू उजागर भएको बताए । म

न्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।