Home

H

सर्बियामा सत्ता उल्टिने संकेत

काठमाडौं । सर्बियाको राजनीतिमा ठूलो परिवर्तनको संकेत देखिएको छ । करिब दुई वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीको समर्थनमा उत्रिएको समूहले निर्वाचनमा अग्रता हासिल गरेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । लामो समयदेखि सत्तामा प्रभावशाली रहेका अलेक्जान्डर भुसिचले पनि प्रारम्भिक तथ्याङ्कले आफ्नो दल पराजित हुने देखाएको स्वीकार गरेका छन् । २५० सदस्यीय संसद्मा विद्यार्थी समर्थित समूहले...

फिल्म ‘रामायण’ को अग्रिम टिकट बिक्री एक लाख नाघ्यो

काठमाडौं । भारतीय चलचित्र ‘रामायण: भाग एक’ को अग्रिम टिकट बिक्री एक लाख नाघेको छ । रणवीर कपुर र यशको मुख्य भूमिका रहेको यो चलचित्र नोभेम्बर ५ मा विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुन १२ दिन बाँकी रहँदा चलचित्रले भारतका प्रमुख चलचित्रघरका सञ्जालमा एक लाखभन्दा बढी टिकट बिक्री गरेको हो । घरेलु बक्स अफिसमा अक्टोबर २५ सम्म चलचित्रका कुल १ लाख ७ हजार ५६२ टिकट बिक्री भएका छन् । तीमध्ये पिभिआर...

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ ।  यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।...

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ। समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित...

एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ ।  आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ । पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो । पाकिस्तान...

कम्पनी रजिष्ट्रारको अनलाइन प्रणाली सधैं समस्याग्रस्त, सेवाग्राहीलाई सास्ती; जिम्मेवार निकाय मौन किन?

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा बारम्बार समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कम्पनी दर्ता, वार्षिक विवरण पेस, विवरण संशोधन तथा कम्पनी खारेजीजस्ता महत्त्वपूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था भए पनि प्रणाली भरपर्दो नहुँदा सेवाग्राहीले समयमै आफ्नो काम सम्पन्न गर्न कठिनाइ भोगिरहेका छन्। पछिल्लो समय सरकारले उपलब्ध गराएको छुट सुविधाको लाभ लिन खोजिरहेका...

परराष्ट्रमन्त्री खनालले दिए राष्ट्रसंघको महासभामा नेपालको सहभागिता बारे संसदमा जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे संसदलाई जानकारी गराएका छन्। शुक्रबार, प्रतिनिधि सभाको बैठकमा मन्त्री खनालले महासभामा आफुले मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल गरेको जानकारी दिदै   महासभाको ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको...

फ्लाईदुबईको विमानका दुवै पाइलटलाई अनुसन्धानका लागि अबुधाबी लगियो

काठमाडौँ । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका क्याप्टेन र सहचालकलाई साउदी अरबमा आपत्कालीन अवतरणपछि अबुधाबी लगिएको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले प्रारम्भिक अनुसन्धान गरिरहेका बेला दुवै पाइलटको स्वास्थ्यमा सुधार भएपछि उनीहरूलाई अबुधाबी लगिएको हो । फ्लाईदुबईको उडान एफजेड १०७३ मा १७४ यात्रु र ८ जना चालक दलका सदस्य थिए । सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ उडेको...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ । भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो। अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले...

विधि निर्माणमा रास्वपाले आफ्नो एकाधिकार ठान्यो- बादल

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को आन्दोलनलाई विश्वभर सत्ता परिवर्तनको नेपाली भर्सन भएको टिप्पणी गरेका छन् ।   शुक्रबार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बादलले फागुन २१ को निर्वाचन परिणाम भदौ २३ र २४ का घटनाको बाई प्रडक्ट भएको भन्दै भदौ २३ र २४ को आन्दोलन विश्वभर सत्ता परिवर्तनको सुनियोजित नेपाली भर्सन भएको टिप्पणी गरेका हुन् । संसदमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।