Home

H

न्यूजील्याण्डविरुद्धको टेस्टमा इङल्याण्डको ११५ रनको जित

काठमाडौँ । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टेस्ट जितेको छ । खेलको चौथो दिन २५४ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएपछि इङल्याण्डले ३ खेलको सिरिजको पहिलो टेस्ट ११५ रनले जितेको हो । यसअघि इङल्याण्डले यस टेस्टको पहिलो इनिंगमा १४० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ११३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा २२६ रन बनाएपछि न्यूजील्याण्डलाई २५४...

बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ

ललितपुर । बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका-२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरामीको संचालिका गोरखा सिरानचोक गाउँपालिका-३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।  सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य...

निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने भए ‘सिभिल अस्पताल’ को स्वास्थ्य सेवा

काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।  काठमाडौँ उपत्यका बाहिर...

कम्बोडियामा रहेका ६०२ नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा विभिन्न उद्देश्यले गई भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकलाई लक्षित गर्दै नेपाल फर्कन तत्काल आग्रह गरिएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली दुताबासले कम्बोडिया सरकारले यसअघि भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने व्यवस्था मिलाई उनीहरूलाई नेपाल फर्कन सहजीकरण गरेको उल्लेख गर्दै ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि हालसम्म...

किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा धनगढीबाट तीन जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदन गुरुङ भन्छन्- सफाइ पाउनेमा आशावादी छु

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले आफुले सफाई पाउनेमा विस्वस्त रहेको बताएका छन् । गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन सहज बनाउन आफूले पदबाट राजीनामा दिएको बताउदै आफुले सफाई पाउने विश्वास वयक्त गरेका हुन् । उनले भने- ‘सार्वजनिक पदमा बसेर काम गर्दा उठेका...

परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् । भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए । यस भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको...

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

सुरुङ्गा (झापा), २४ जेठः झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ । गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर (कैलाली), २४ जेठः अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर–सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित...

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ, २४ जेठ : परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्नुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।