Home

H

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

काठमाडौँ, ४ असारः पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ । टोलीले आज काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो । अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार...

पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो

ढोरपाटन (बागलुङ), ४ असारः सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ । उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो । पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा...

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

चितवन, ४ असार : भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो । भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिनुभयो ।...

मकवानपुरका औषधि पसल बन्द

बागमती, ४ असारः मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ ।

नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा हरु बन्द गरिएका हुन् ।

औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बताउनुभयो ।

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

काठमाडौँ, ४ असारः देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ । गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो । उक्त जिल्लामा भारी वर्षा हुँदा देशका...

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

मुस्ताङ, ४ असारः मुक्तिनाथ मन्दिर जान नसक्ने अशक्त, ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको हितलाई ध्यानमा राखी यहाँ ‘घोडचढीसेवा’ सञ्चालनमा आएको छ । झन्डै विलुप्त अवस्थामा पुगेको ‘घोडचढी’ सेवा सञ्चालनमा आएपछि यहाँका युवाले भरपुर रोजगारी मात्र होइन, यहाँस्थित मनाइने घोडपर्वका लागि अनिवार्य चाहिने घोडापालन संस्कृतिको समेत जगेर्णभएको छ । यसअघि दर्शनार्थी...

महिला समितिले बालसुधार गृह र वृद्धाश्रमको अनुगमन गर्दै

काठमाडौँ, ४ असारः प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र र वृद्धाश्रमको स्थलगत अनुगमन गर्ने भएको छ । समितिको आजको बैठकले ती संस्थाको स्थलगत अनुगमनपछि आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गरिने सभापति आकृति अवस्थीले बताउनुभयो । समिति सचिव इन्द्रविलास पौडेलले असार १० गते देखि १४ गतेसम्म तीन वटा टोली बनाएर देशका विभिन्न...

जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन

जुम्ला, ४ असारः जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ । जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताउनुभयो । एकसय...

कृषकलाई ‘चापकटर र काउम्याट’ प्रदान

सुरुङ्गा (झापा), ४ असारः बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ३० जना कृषकलाई घाँस काट्ने चापकटर र ६५ जना कृषकलाई काउम्याट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा प्रसाई (महतारा) र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले संयुक्त रूपमा कृषकलाई ती...

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर (गाईघाट), ४ असारः उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो । शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले राससलाई जानकारी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।