स्पेनमा दुई तीव्रगतिक रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु

स

काठमाडौं । स्पेनको राजधानी म्याड्रिडलाई दक्षिणी अन्डालुसिया क्षेत्रसँग जोड्ने रेलमार्गमा दुई तीव्रगतिको रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रेल सञ्चालक संस्था एडिफले दुर्घटनाबारे जानकारी दिदै स्थानीय समयअनुसार बिहान ९ बजेपछि रेन्फे र इर्यो कम्पनीका रेल ठोक्किएका थिए । दुर्घटनामा इर्यो रेलका दुई डिब्बा लिकबाट खसेका छन्। दुर्घटनाको कारण र घाइतेको सङ्ख्याबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि म्याड्रिड–अन्डालुसिया तीव्रगतिको रेलमार्गमा यातायात रोकिएको छ । उद्धार तथा आपत्कालीन सेवाले यात्रु र घाइतेलाई राख्न नजिकैको उर्दा सहरमा खेलकुद हलसहितका आवश्यक स्थान तयार पारेका छन् ।

यसअघि जनवरीमा पनि सोही रेल सञ्चालकको तीव्रगतिको रेल दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि स्पेनमा रेलमार्गको मर्मतसम्भार र सुरक्षामा गरिएको लगानीबारे बहस चर्किएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।