परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता

प

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्राँस्वाज पुइग इन्जाले शिष्टाचार भेट गरेकी छन् । 

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत पुइग–इन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

भेटमा नेपाल र फ्रान्सबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल हुनुका साथै हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषय छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।