श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने

श

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला  सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ ।

तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौँ आइपुगेका छन् । बायाँहाते ब्याटर तथा दायाँहाते र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० र २ टेस्ट खेल खेलेका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।