Home

H

हाजिर जमानीमा रिहा सेफ सन्तोष साह

काठमाडौँ । सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् । साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं...

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५. ४५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो ।  आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले...

संगीता मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो । पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि विशेष अदालतले सफाइ...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती, २ असारः मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ । प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवद्र्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकयीय पहिचानका रुपमा पनि जोडिन लागेको हो । विशेषगरी ग्रामीण परिवेशमा गाई–भैँसी...

आलेखः प्रदेशभरिका बिरामीको भरोसा बन्दै रत्ननगर अस्पताल

भक्तपुर, २ असारः बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो...

सुशासन र कृषि प्राथमिकतामाः यस्ता छन् सात प्रदेशका बजेट

काठमाडौँ, २ असारः प्रदेश सरकारहरूले आगामी आर्थिक वर्र्षका लागि कुल दुई खर्ब ९२ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्र्षका लागि रु दुई खर्ब ७८ अर्ब बराबरको बजेट कार्यान्वयनमा छ । आन्तरिक आयमा उल्लेख्य वृद्धि नभएको, राजस्व सङ्कलन तथा पुँजीगत खर्चसमेत अपेक्षित सुधार हुन नसकेको अवस्थामा प्रदेश सरकारहरूको बजेटलाई समयसापेक्ष बनाउने प्रयास गरेका छन् । मधेस प्रदेश सरकारले टुक्रे योजनामा...

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर (कञ्चनपुर), २ असारः जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिनुभयो । “हामीसित मौज्दात मल...

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

मान्म (कालीकोट), २ असार : दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो । कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट । लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।...

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ, २ असारः चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै...

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर, २ असार : शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिनुहुन्थ्यो । परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने, लेउ जम्ने र स्वाद बिग्रिने समस्या सामान्यजस्तै थियो । सरसफाइ र संरक्षणका विधिबारे जानकारी नहुँदा अचार लामो समय टिकाउन सकिँदैनथ्यो । अहिले अवस्था फेरिएको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।