Home

H

ललित मोदीलाई १६ बर्षपछि ठूलो राहत

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले १६ वर्षदेखि चलिरहेको विदेशी मुद्रा व्यवस्थापनसम्बन्धी मुद्दामा ठूलो कानुनी राहत पाएका छन् । सफेमा अपिल न्यायाधिकरणले सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना गरिएको आइपिएलसँग सम्बन्धित मुद्दामा उनीमाथि लगाइएको १० करोड ६५ लाख भारतीय रुपैयाँ जरिवाना खारेज गरेको हो । सन् २००९ मा भारतमा लोकसभा निर्वाचनका कारण सुरक्षा चुनौती...

नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५  अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ ।...

नतिजा देखिनेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने...

दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो । निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी...

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो । गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए।...

हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार- प्रधानमन्त्री शाह

काठमाडौँ । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको...

जंगलमा लुकाईराखेका ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका –०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार बिहान उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११...

काभा पुरुष भलिबल: काजकिस्तानसँग नेपाल पराजित

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो । नेपाल काजकिस्तानसँग २५–१९, २५–२१, ३२–३४, २५–१९ र १५–९ ले पराजित भएको हो ।  नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात...

इरानसँगको युद्धमा अमेरिकाको ३७ अर्ब ५० करोड डलर खर्च

काठमाडौँ । अमेरिकाले इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार संसद्को सुनुवाइका क्रममा उक्त जानकारी दिँदै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका हुन् । हेगसेथका अनुसार हालसम्मको खर्चमा युद्ध सञ्चालनका विभिन्न गतिविधि र आगामी सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्चसमेत समावेश गरिएको छ । अमेरिकी राष्ट्रपति...

सर्वोच्चबाट पूर्णपाठ सार्वजनिक: सरकारी विज्ञापनमा विभेद नगर्न आदेश

काठमाडौँ । फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतले सरकारी विज्ञापन नीजि मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । असार ३० मा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्धय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विज्ञापनमा विभेदको अन्त्य गरिदिएको हो । २०८२ चैत १८ को नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले समेत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।