काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा बारम्बार समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कम्पनी दर्ता, वार्षिक विवरण पेस, विवरण संशोधन तथा कम्पनी खारेजीजस्ता महत्त्वपूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था भए पनि प्रणाली भरपर्दो नहुँदा सेवाग्राहीले समयमै आफ्नो काम सम्पन्न गर्न कठिनाइ भोगिरहेका छन्। पछिल्लो समय सरकारले उपलब्ध गराएको छुट सुविधाको लाभ लिन खोजिरहेका...










