सुभाष कायस्थ जनकपुरधाम, २३ भदौ रसुवाको भोटेकोशीसहितका विभिन्न नदीहरूमा आएको विनाशकारी बाढीका कारण महोत्तरीका ९ जना नागरिक अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीपछि सम्पर्कविहीन भएका १७ जनामध्ये हालसम्म ८ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् भने बाँकी ९ जनाको खोजी कार्य जारी छ। प्रशासनका अनुसार अझै सम्पर्कमा आउन नसकेकाहरूमा...










