काठमाडौँ, २५ जेठः आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो । त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको...










