काठमाडौं । हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।...










