वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

व

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता रसाईली रहेका छन् ।   

पक्राउ मध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर ललितपुर महानगरपालिका-३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।