काठमाडौँ । न्युजिल्यान्डले पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार, ह्यामिल्टनमा भएको खेलमा भारतले दिएको १९२ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो । हारका बाबजुद भारतले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ ।
शृङ्खलाको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । दोस्रो खेल पनि भारतले ४ विकेटले जितेको थियो । तेस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको थियो । चौथो खेलमा भने न्युजिल्यान्डले भारतलाई ८७ रनले पराजित गर्दै शृङ्खलामा फर्किएको थियो । अन्तिम खेल पनि जित्दै न्युजिल्यान्डले लगातार दुई खेलमा सफलता हासिल गरे पनि शृङ्खला भारतले आफ्नो पक्षमा पारेको हो ।
अन्तिम खेलमा न्युजिल्यान्डको जितमा टिम साइफर्टले ५० बलमा ९३ रन बनाए । ग्लेन फिलिप्सले अविजित ६५ रनको योगदान दिए। भारतका अर्शदीप सिंह, वरुण चक्रवर्ती र नितीश रेड्डीले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाएको थियो। भारतका इशान किशनले ३२ बलमा ६१ र कप्तान श्रेयस अय्यरले २३ बलमा ५० रन बनाएका थिए । न्युजिल्यान्डका एडम मिल्नेले चार विकेट लिए ।

