चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

च

काठमाडौं । हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ ।

एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्रले दुई पुस्ताबीचको सम्बन्ध र वैचारिक भिन्नताको कथा प्रस्तुत गर्नेछ। चलचित्रमा करिश्मा मानन्धर, कमलमणि नेपाल, अभय बराल, कुमार कट्टेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलको कथामा निर्माण भएको चलचित्रको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।