दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने

द

काभ्रे । रोशी खोलाले क्षति पुर्‍याएपछि दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज सञ्चालनमा आउने भएको छ ।

राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ ।

बीपी राजमार्गअन्तर्गत गिम्दीबेँसीमा रोशी खोलाले करिब ३० मिटर सडक बगाएको छ । उक्त स्थानमा सडकको भित्ता खनेर नयाँ मार्ग निर्माण गर्नुपर्ने भएकाले मर्मतमा समय लागेको हो ।

त्यस्तै, रोशी खोलाले राजमार्गका आधा दर्जन स्थानमा क्षति पुर्‍याएको छ । सडक अवरुद्ध भएपछि बीपी राजमार्ग भएर चल्ने सवारीसाधन भकुण्डेबेँसीमा रोकिएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।