Home

H

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

काठमाडौं । हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।...

पोखराले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन् । यस खेलमा पोखराले टस जितेर बलिङ रोजेको छ । योसँगै जनकपुरले पहिला ब्याटिंग गर्ने भएको छ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ । जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा...

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् ।

काठमाडौँ । न्युजिल्यान्डले पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।  आइतबार, ह्यामिल्टनमा भएको खेलमा भारतले दिएको १९२ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो । हारका बाबजुद भारतले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ । शृङ्खलाको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । दोस्रो खेल पनि भारतले ४ विकेटले जितेको थियो । तेस्रो खेलमा भारतले ६...

कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् । पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संघीयता कार्यान्वयनमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका छन् । भेटमा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बीच प्रदेशको विकास र स्थिरताका लागि भइरहेको प्रयासबारे...

धादिङको मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ । नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम...

अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारलाई अब शंकाको लाभ नदिने बताएका छन् । आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले सरकार बनेको ७-८ महिना नयाँ भनेर शंकाको लाभ दिएको भएपनि अब नदिने स्पष्ट गरे । उनले सम्बेदनशील विषयमा भइरहेका अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह गर्दै अनुसन्धानमा सेलेक्टिभ नहुन चेतावनी दिए ।  उनले नागरिकले मात्रै नभई सरकारले पनि...

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् । आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकारमाथि गरिएको धरपकडले सरकारको सोच र बुझाई बारे प्रश्न उठेको बताएका हुन् । उनले सरकारका क्रियाकलाप आफुहरुले नजिकबाट हेरिरहेको बताउदै अहिलेको प्रवृतिले साच्चै चिन्ता बढाएको उल्लेख गरे । उनले भने- ‘के लाग्न...

शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फार्स फिल्म्सले उक्त अधिकार खरिद गरेको हो । यसलाई भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो विदेशी प्रदर्शन अधिकार सम्झौता बताइएको छ । सम्झौताअनुसार फिल्मले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारमा मात्रै ३५० देखि ३७५ करोड भारतीय रुपैयाँ...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता रसाईली रहेका छन् ।    पक्राउ...

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने

काभ्रे । रोशी खोलाले क्षति पुर्‍याएपछि दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज सञ्चालनमा आउने भएको छ । राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ । बीपी राजमार्गअन्तर्गत गिम्दीबेँसीमा रोशी खोलाले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।