धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ । नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम...










