रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

र

काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले अहिलेसम्म १७ दिनमा विश्वभरबाट ७९०.८५ करोड भारु कमाइ गरेको छ । 

यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ ।

नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले भारतीय बक्स अफिसमा ४४४.७५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २७०.५ करोड भारु कमाएको छ ।

चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ । ‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।