Home

H

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने

काभ्रे । रोशी खोलाले क्षति पुर्‍याएपछि दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज सञ्चालनमा आउने भएको छ । राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ । बीपी राजमार्गअन्तर्गत गिम्दीबेँसीमा रोशी खोलाले...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएका छन् । सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी पुस...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।   त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ११ जना घाइते भएका छन् भने कोशीमा ३४ जना, काठमाडौँ उपत्यकामा ६...

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले अहिलेसम्म १७ दिनमा विश्वभरबाट ७९०.८५ करोड भारु कमाइ गरेको छ ।  यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले भारतीय बक्स अफिसमा ४४४.७५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २७०.५ करोड भारु कमाएको छ । चलचित्रमा...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

काठमाडौं । जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् । ‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च...

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ । केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन् ।  प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर...

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो । प्रहरीका अनुसार आइतबार बिहान करिब ५: ४० बजे २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी भएको थियो । घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका...

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी...

बाइनान्स ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम पूर्ति

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्सले ह्याकिङमार्फत चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ । बाँकी १० प्रतिशत रकम आवश्यक परिमाणमा जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ । बिहीबार भएको ह्याकिङबाट ठूलो परिमाणमा डिजिटल सम्पत्ति चोरी भएपछि बाइनान्सले प्रयोगकर्ताको कुनै पनि रकम गुम्न नदिने प्रतिबद्धता जनाएको...

सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् । उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, वन्यजन्तु र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।