सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

स

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।

उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, वन्यजन्तु र स्थानीय जीवनशैली समेटिएका सामग्री तयार पार्नेछन् ।

भ्रमणका क्रममा तयार पारिएका दृश्य सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभर प्रचार गरिने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् । यसबाट नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपेरियन्सेस’ अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।