झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा यी क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

पहिलो चरणअन्तर्गत झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ ।  

अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रिय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ । खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत अभियान सञ्चालन गरिनेछ

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।