सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ ।

२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो ।

उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा लिन थालेका छन् ।

क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले मुटुसम्बन्धी विशिष्टीकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र आफ्नै प्रदेशमा सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।