कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

धनगढी । जापानिज इन्सेफलाइटिस संक्रमण र मृत्यु बढेपछि कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा र घोडाघोडी नगरपालिकामा आजदेखि विशेष खोप अभियान सुरु भएको छ ।

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्ध खोप दिइँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा देशभर १२१ जनामा संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ८५ प्रतिशत र मृतकमध्ये सबैले खोप नलगाएको पाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले लक्षित समूहलाई खोप लगाउन आग्रह गर्दै लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन र संक्रमणका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।