काभ्रे । पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि आंशिक रूपमा खुलेको छ ।
चौकीडाँडामा खोलाबाट तत्काल डाइभर्सन बनाउन सम्भव नभएपछि निर्माणाधीन स्थायी ट्र्याकको केही भाग खनेर यातायात सञ्चालन गरिएको हो ।
प्रहरीका अनुसार अहिले उक्त मार्गमा साना निजी तथा यात्रुवाहक गाडी चल्न थालेका छन् भने भोलिदेखि बस र ट्रकसमेत आवतजावत गर्न सक्ने गरी काम भइरहेको जनाइएको छ ।

