धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

ध

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडिका सवारीसाधन समयमै रोक्न नसक्दा श्रृंखलाबद्ध दुर्घटना भएको हो । तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडिको ट्रकमा समेत क्षति पुगेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दुर्घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ । दुर्घटनाको कारण र भौतिक क्षतिको यकिन विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।