ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

त

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको भीषण आगलागीबाट ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

विहिबार दिउँसो स्थानीय डङ्डु शेर्पाको दुईतले घरमा रहेको कपडा पसल र होटलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमान्डमा टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण तथा उद्धार कार्य जारी राखेको छ । हालसम्म आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।