काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको छ । सार्वजनिक गरिएको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो । कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय...









